त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
यससँगै नेपालले पहिलो पटक टी–२० प्रतियोगिताको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७ ओभर १ बलमा ९६ रन बनाएर अल आउट भयो।
नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट लिए। अबिना बोहोराले १ विकेट लिए
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो। यो नेपालको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबै भन्दा ठूलो योगफल हो। यसअघि टी–२० अन्तर्राष्ट्रियमा नेपालले १३ औं सागमा भुटानविरुद्ध जोडेको २ सय ३६ रनपछिको सर्वाधिक रन हो।
नेपाललका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले। भुर्तेलले ७७ तथा मल्लले ५० रन को बनाए।
कप्तान ज्ञानेन्द्र मल्ल ३३ तथा आसिफ शेख १६ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले ४४ रन अविजित रहे।
नेदरल्यान्ड्सका फिलिप ले २ तथा सेवास्टीयन ब्राटले एक विकेट लिए।
फोटो :नेपाल क्रिकेट एसोसियन