पछिल्लो समय भाेजपुरी चलचित्रमा संघर्ष गरिरहेकी अभिनेत्री हुन्, रानी चटर्जी।
त्यसो त उनलाई भाेजपुरी चलचित्रको सबैभन्दा बोल्ड अभिनेत्री पनि भन्न थालिएको छ।
शोसल मिडियामा सक्रिय रानीले बेला बेला आफ्ना आकर्षक र बोल्ड तस्वीरहरु सेयर गरिरहन्छिन्। उनलाई रुचाउने दर्शकहरु पनि उत्तिकै छन्।
कोरोना महामारीमा अन्य कलाकारहरु फुर्सद मनाइरहेका छन्। तर रानीको व्यस्तता भने घटेको छैन।
उनी हाल 'लेडी सिंघम', 'छोटकी ठकुराइन', 'बाबुलकी गलिया' लगायतका चलचित्रमा आवद्ध छिन्।