नेपाल सुपर लिग (एनएसएल) फुटबलको उद्घाटन खेलमा काठमाडौँ रेजर्सले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।
शनिबार भएको उद्घाटन खेलमा काठमाडौँले ललितपुरलाई १-० को अन्तरले पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरेका थिए।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको सकिएको थियो।
प्रतियोगितामा (आज) आइतबार दुई खेलहरु हुँदैछ। पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच खेल हुनेछ। दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी भिड्दैछन्।