हिन्दु सेन्टिमेन्ट तान्दै केपी ओली, राप्रपाबाट फुत्किँदै एजेण्डा

रातोपाटी

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीले जबरजस्तरुपमा अघि सारेको हिन्दुत्वको एजेण्डा फुत्किने खतरा देखिन थालेको छ।

राप्रपाको एजेण्डा एमाले अध्यक्ष केपी ओलीले खोस्न खोजेको भन्दै राप्रपाका नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय एकपछि अर्को गर्दै हिन्दु जनमतलाई आफ्नो पक्षमा पार्ने गरी गतिविधि गर्दै आएपछि पछिल्लो राप्रपा सशंकित मात्रै बनेको छैन, सो पार्टीका जिम्मेवार नेताले सार्वजनिकरुपमै कटाक्ष गर्न थालेका छन्।

यसैसाता प्रधानमन्त्री ओलीले बालुवाटारमा राम, लक्ष्मण, सीता र हनुमानका मूर्तिहरू पूजा गरेकै दिन राप्रपा अध्यक्ष कमल थापाले गरेको ट्विटले पनि राप्रपा नेताहरुको चिन्तालाई अभिव्यक्त गर्दछ ।

प्रकाशित मिति: : 2021-04-25 12:03:00

प्रतिकृया दिनुहोस्