३ हजार १२२ जना थप कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

९ हजार २९२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ हजार ३२ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै, ७५६ जनाको एन्टिजेन  परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको छ।

काठमाडौंमा मात्रै १ हजार १३२ जना संक्रमित देखिएका छन् भने ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर १९ हजार ३८२ सक्रिय संक्रमित रहेकोमा २५२ जना संक्रमित आइसियुमा रहेको र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो साताभन्दा नेपालमा संक्रमितको दरमा ह्वात्तै वृद्धि भएको हो। 

प्रकाशित मिति: : 2021-04-25 19:04:00

प्रतिकृया दिनुहोस्