कोरोना संकट व्यवस्थान केन्द्र (सिसिएमसी)ले देशभर चलिरहेका विभिन्न तहका परिक्षाहरु तत्कालका रोक्न सिफारिस गरेको छ।
पछिल्लो समय कोरोनाको संक्रमितहरुको संख्या बढेसँगै सिसिएमसीले परीक्षा तत्काल रोक्न सिफारिस गरेको हो।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सिसिएमसीको बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको छ।
हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेका छन् भने केही तहका परीक्षा हुने क्रममा छन्। बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको थियो।