कोरोनाभाइरस महामारी: महामारीले यसरी बिगार्‍यो हाम्रो यौन जीवन

बिबिसी

काठमाडौँ

"महामारीअघि धेरै दम्पतीहरू रातमा भेट हुने जहाजजस्ता थिए," टेक्ससकी यौन थेरापिस्ट एमली जेमिया भन्छिन्।

सुरुमा घर बाहिरका धेरै काम भएका दम्पतीका लागि महामारीले ल्याएको लकडाउन वरदानजस्तै भयो। घरमै बस्नुपर्दा त्यस्ता दम्पतीले लामो अन्तरङ्ग समय बिताउने मौका पाए।

तर महामारी बढ्दै जाँदा लकडाउनले दाम्पत्य सम्बन्धलाई असर गर्न थाल्यो। "धेरै दम्पतीका लागि यौन चाहना ज्यादै कम भएर गयो," जेमिया भन्छिन्।

विश्वभरि गरिएका अध्ययनहरूले त्यस्तै देखाउँछ। टर्की, इटली, भारत र अमेरिकामा सन् २०२० मा गरिएका अध्ययनहरूले लकडाउनका कारण मानिसको यौन चाहना र गतिविधि कम भएको देखाउँछन्।

प्रकाशित मिति: : 2021-04-26 09:53:00

प्रतिकृया दिनुहोस्