जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई प्रचण्डको आग्रह

File photo
File photo

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाको दोस्रो लहरको महामारीले आक्रान्त भएका बेला जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकालाई अनुरोध गरेका छन्।

सोमबार प्रचण्डले विज्ञप्ति जारी गर्दै भारतको तथ्याङ्कले खुल्ला सीमा रहेको नेपालको स्थिति भयावह बन्नेतर्फ सचेत रहनुपर्ने बताएका हुन्।

कोरोनाको जोखिम बढेकोले अन्य काम छाडेर नागरिकको स्वास्थ्यमा प्रथामिकता दिन प्रचण्डले सरकारलाई अनुरोध गरेका छन्। 

‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु।’, प्रचण्डले भनेका छन्।

त्यस्तै प्रचण्डले महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गरेका छन्।

उनले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यहरुलाई महामारीका विरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-04-26 18:56:00

प्रतिकृया दिनुहोस्