आज देशभरमा ३ हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।
मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो। हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन् ।
त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् । आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन्। हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ। प्रतिदश लाख जनसङ्ख्यामा ८२ हजार ९६७ को परीक्षण भएको छ। हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई सङ्क्रमण पुष्टि भइसकेको छ।
त्यसमध्ये महिलाको सङ्ख्या एक लाख आठ हजार ५३५ र पुरुषको सङ्ख्या एक लाख ९५ हजार २६ रहेको छ। निको भएकाको दर ९१ दशमलव पाँच प्रतिशत छ। हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत छ। पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या १२ रहेको छ।