पीसीआर परीक्षणमा तोकेभन्दा बढी शुल्क लिने प्रयोगशालालाई कारवाही गर्ने सरकारको चेतावनी 

सरकारले तोकिएको शुल्कभन्दा बढी मूल्यमा पीसीआर परीक्षण गर्ने प्रयोशालाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएसँगै परीक्षण गर्नेको संख्या बढ्दो छ। यसको फाइदा उठाउँदै केही प्रयोगशालहरुले तोकिएको शुल्कभन्दा बढीमा परीक्षण गराएको भन्दै स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले कारवाही गर्ने चेतावनी दिएको हो। 

सरकारले पीसीआर परीक्षणको लागि सरकारी प्रयोगशालाहरुमा एक हजार शुल्क तोकेको छ। त्यस्तै, निजि प्रयोगशालाहरुले दुई हजार लिन पाउने व्यवस्था गरिएको छ।

तर, केही प्रयोगशालाहरुले कोरोना संक्रमण रोकथामको नाममा थप शुल्क लिने गरेको जनगुनासो आएको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: : 2021-04-27 14:23:00

प्रतिकृया दिनुहोस्