संक्रमित नर्स नै बिरामीको उपचारमा

देशसञ्चार

काठमाडाैं

कुमार श्रेष्ठ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जको कोरोना वार्डकी स्टाफ नर्स कमला नेपाली आफै कोरोना संक्रमित छन्। संक्रमणका बाबजुद स्टाफ नर्स कमला अरु संक्रमितको सेवामा खटिरहेकी छन्।

कोरोना संक्रमितलाई पोसिलो खानेकुरा खाँदै आइसोलेसनमा बस्न चिकित्सकहरु नै सल्लाह दिन्छन्। तर, स्टाफ नर्स कमलालाई त्यस्तो फुर्सद छैन। उनी भन्छिन्, ‘छाती दुख्छ । केहीबेर बेडमा आराम गर्छु । फेरि बिरामीको उपचारमा खटिन्छु ।’

भेरी अस्पतालमा जनशक्तिको कमि हुँदा संक्रमित स्वास्थ्यकर्मीहरु पनि उपचारमा खटिनु परेको हो। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले चिकित्सक र नर्ससहित ६० जना संक्रमित भएको बताए।

उनले दश जना नर्स आफै संक्रमित भएर पनि अरु विरामीको उपचारमा खटिएको बताए। मेसु डा. थापाले भने, ‘विकल्प नै नभएपछि संक्रमित नर्स नै विरामीको उपचारमा खटाउनु परेको छ।’

प्रकाशित मिति: : 2021-04-28 11:27:00

प्रतिकृया दिनुहोस्