त्रिदेशीय फुटबल जित्ने खेलाडीलाई सरकारले जनही ४ लाख दिने

त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपाली टोेलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ। 

वैशाख ९ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली फुटबल टोलीका २३ जना खेलाडीलाई सोही रकम दिने निर्णय गरेको सरकार प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन्। 

त्यस्तै, टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिने निर्णयसमेत भएको मन्त्री गुरुङले बताए। 

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो।

प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा नेपाल, बंगलादेश र कीर्गिस्तानबीच भएको थियो। नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्दै घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको हो। उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो। 
 

प्रकाशित मिति: : 2021-04-28 21:45:00

प्रतिकृया दिनुहोस्