नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ।

ज्ञानेन्द्रका ७८ वर्षीय बुबा रामकृष्ण मल्लको बिहिबार बिहान ९ बजे निधन भएको हो। 

काठमाडौंको भिमशेनस्थानस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

परिवारका अनुसार रामकृष्णको स्वास्थमा केही दिनदेखि समस्या देखिएको थियो। उनको आजै टेकुमा अन्तिम संस्कार गरिएको स्रोतले जनाएको छ। 

वि.सं २०६२ बाट अन्तर्राष्ट्रिय खेल सुरु गरेका  ज्ञानेन्द्र वि.सं.२०७६ कार्तिकमा नेपाली राष्ट्रिय टोलीका कप्तान बनेका थिए।

उनी अन्तर्राष्ट्रिय शतक बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन्।

प्रकाशित मिति: : 2021-04-29 14:54:00

प्रतिकृया दिनुहोस्