मुख्यमन्त्री पोखरेलद्वारा कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकारले गरेका कामबारे जानकारी 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक राखेर मुख्यमन्त्री शंकर पोखरेलले  कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश सरकारले गरेका काम बारे जानकारी गराएका छन्।

बिहीबार बसेकाे बैठकमा सहभागी दलका नेताहरुले अब गर्नुपर्ने कामबारे पनि सुझाव दिए।

बैठकमा सत्तारुढ एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिलामन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला, स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव र शिक्षा तथा सामाजिक विकासमन्त्री कल्पना पाण्डे सहभागी थिए।

बैठकमा मुख्यमन्त्रीले कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकार सम्पूर्ण रुपमा केन्द्रीत भएको बताउँदै सबैको सहयोग र प्रयासबाट कोरोना विरुद्धको लडाई जितिने बताए।

उनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा र लकडाउन गरिएकाले त्यसको प्रभावकारी कार्यान्वयनको लागि सबैले सकारात्मक भूमिका खेल्न आग्रह गरे।

प्रकाशित मिति: : 2021-04-29 17:12:00

प्रतिकृया दिनुहोस्