‘भोकै मर्नुभन्दा बरु संक्रमण भए होस्’ (स्थलगत भिडियो रिपोर्ट )

देशसञ्चार

काठमाडाैं

काठमाडौँ – कोरोना संक्रमण पुनः तीव्र रूपमा फैलिएपछि त्यसको न्यूनीकरणको अस्त्रको रूपमा सरकारले निषेधाज्ञा घोषणा गरेको छ, बिहीबारदेखि काठमाडौँ उपत्यकामा।

लाखौँ निम्न आय भएका र मजदुरहरू पालिरहेको काठमाडौँ शहर चकमन्न हुँदै गर्दा हृदयविदारक दृश्य उपत्यका आउजाउ हुने मुख्य–मुख्य सडकमा छताछुल्ल भए निषेधाज्ञाको पहिलो दिन नै! 

नागरिकलाई संक्रमणबाट बचाउन निषेधाज्ञा गरेको सरकारले ठेलमठेलको भीड छिचोल्दै तँछाड–मछाड र कोचाकोच गरी जुनसुकै सवारी चढ्न बाध्य भएका र त्यो नपाएर सडकमै घण्टौँ बिताएका नागरिकप्रति अनुद्धार देखिएको छ। सरकारले यी नागरिकको गाँसबासको व्यवस्थामा बेवास्ता गर्दा कोरोना संक्रमण झन् तीव्र रूपमा फैलिने जोखिम बढेको छ। निषेधाज्ञापछि पोहोरको लकडाउनमा जस्तो भोकभोकै रहने स्थिति आउने भयका कारण नागरिकहरू निषेधाज्ञाको सुरुवातमै आफ्नो घरको गन्तव्य ताकेका छन्।

प्रकाशित मिति: : 2021-04-29 19:23:00

प्रतिकृया दिनुहोस्