माइला लामा रिहा

File photo
File photo

२०७६ साल साउन ४ गते पक्राउ परेका चर्चित जनवादी कलाकार तथा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता माइला लामा रिहा भएका छन्। 

उनी बम बिस्फोटको अभियोगमा काठमाडौँको काँडाघारीबाट पक्राउ परेका थिए। प्रकाउ परेपछि उनलाई प्रहरीले केही समय जाउलाखेल हिरासतमा राखेको थियो। त्यसपश्चात उनलाई नख्खु जेल चलान गरियो।

नख्खु जेलबाट पनि उनी रिहा भएपछि उनलाई विभिन्न मुद्दामा धरान पुर्याइएको थियो। त्यहाँ धरान अदालतले साधारण तारेखमा रिहा गर्यो। तर उनलाई फेरि अर्को मुद्दा लगाएर संखुवासभा पुर्याइएको थियो।

यसरी विभिन्न मुद्धामा जेल सजाय भोगिरहेका लामालाई गत फागुन २१ को सहमती अनुसार सबै मुद्दा खारेज गरेर सरकारले रिहा गर्नुपर्ने हो। तर सरकारले ढिलाई गरेपछि उनी २५ हजार धरौटीमा रिहा भएका हुन्।

उनको रिहासँगै नेकपाका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागतसहित बधाई दिएका छन्। 

प्रकाशित मिति: : 2021-04-29 22:43:00

प्रतिकृया दिनुहोस्