कन्नडा, तेलुगु, तमिल हुँदै बलिउडमा प्रवेश गरेकी लोकप्रिय अभिनेत्री हुन्, किर्ति खरबंदा।
२९ अक्टोबर १९९० मा जन्मिएकी किर्तिले चलचित्रमा आउनुभन्दा पहिले सयौ म्यूजिक भिडियोमा समेत काम गरिसकेकी थिइन्।
तर सन् २००९ मा रिलिज भएको तेलुगु चलचित्र 'बोनी' बाट उनले चलचित्रमा प्रवेश गरेकी हुन्। त्यसको एक वर्षपछि उनले कन्नडा चलचित्रमा काम गरिन्।
उनले गरेका दक्षिण भारतीय चलचित्रहरुको कारण उनलाई बलिउडमा सजिलो भयो। 'राज रिबूट' उनको पहिलो बलिउड चलचित्र थियो। जसले उनलाई सहानुभुती मात्र दिलायो।
त्यसपछि उनले अर्को चलचित्र 'शादी मे जरुर आना' गरिन्। यसले भने बलिउडमा उनको अभिनयको खुलेरै प्रशंसा भयो। कयौँ निर्देशक र निर्माताहरुको आँखामा परिन्, उनी। त्यसपछि उनले पछि फर्केर हेर्नु परेको छैन।
उनलाई रुचाउने दर्शक असंख्य छन्। उनको सुन्दरताको त सबैले प्रशंसा गर्छन् नै, केहीले त उनलाई भारतकै सबैभन्दा 'लभ्ली गर्ल'को ट्यागसमेत दिएका छन्।