योङ कम्युनिष्ट लिग उर्लाबारीले बाड्यो नौं हजार माक्स

बिएल संवाददाता

उर्लाबारी 

योङ कम्युनिष्ट लिग उर्लाबारी नगर कमिटीले कोरोनाविरुद्ध सचेतना अभियान शुरु गरेको छ। 

कोरोना भाइरसको दोश्रो लहर शुरु भएसँगै उर्लाबारी नगरमा यसको जोखिम नियन्त्रणका लागि कम्युनिष्ट लिगले उर्लाबारीको मुख्य चोक, इटहरा रोड, मुधमल्ला रोडलगायतका क्षेत्रमा सचेतना अभियान संचालन गरेको हो।  

योङ कम्युनिष्ट लिगका नेता कार्यकर्ताले कोरोना भाइरसबाट बच्न माक्स प्रयोग गर्न आग्रह गर्दै नि : शुल्क माक्ससमेत वितरण गरेका थिए।

सो अभियानका क्रममा नौं हजार बढी माक्स वितरण गरिएको योङ कम्युनिष्ट लिग प्रदेश १ का संयोजक तथा केन्द्रिय सचिवालय सदस्य कर्म पुलामीले जानकारी दिएका छन् । 

नेपालमा कोरोना भाइरसको दोश्रो लहर तीव्र बढेसँगै माक्स र सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै अभियान चलाएको योङ कम्युनिष्ट लिग निर्वाचन आयोगका केन्द्रिय सदस्य दिपक आले मगरले बताएका छन्। 

दिनानुदिन कोरोना भाइरसको संक्रमण फैलिएका कारण सर्वसाधारण सचेत रहनुपर्ने योङ कम्युनिष्ट लिगका मोरङ जिल्ला उपाध्यक्ष राजिभ लिम्बुले बताए। आगामी दिनमा पनि अभियान चलाउने उनले प्रतिबद्धता गरेका छन्।

'माक्स खोइ हजुर ? सामाजिक दुरी खोइ' लेखिएको ब्यानरसहित गरिएको सचेतना कार्यक्रमको संयोजक नगर अध्यक्ष डेभिन खड्का थिए। 

प्रकाशित मिति: : 2021-04-30 21:35:00

प्रतिकृया दिनुहोस्