ड्यानी कार्भाजलले चेल्सीविरुद्धको खेल गुमाउने

Photo : espana.net
Photo : espana.net

रियल मड्रिडका डिफेन्डर ड्यानी कार्भाजलले च्याम्पियन्स लिगमा चेल्सीविरुद्धको दोस्रो लेग गुमाउने भएका छन्।

फिलाको मांसपेशीमा चोट देखिएको कारण उनी खेल नखेल्ने भएका हुन्। 

रियलले एक विज्ञप्ति जारी गर्दै कार्भाजललाई चोट लागेको जानकारी गराएको हो।  

रियलले चेल्सीसँग दोस्रो लेगको खेल आगामी मे ६ मा खेल्दैछ। पहिलो लेगमा चेल्सी र रियल १-१ गोलको बराबरी रोकिएका थिए। 

प्रकाशित मिति: : 2021-05-01 06:31:00

प्रतिकृया दिनुहोस्