कप्तान केएल राहुल चम्किदाँ पन्जाबले बैंगलोरलाई हरायो

Photo : BCCI IPL 2021
Photo : BCCI IPL 2021

आईपीएलमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ।

शुक्रबार राति अहमदाबादमा भएको खेलमा पन्जाबले बैंलोरलाई ३४ रनले पराजित गरेको हो। 

पन्जाबले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनायो। बैंगलोरका लागि कप्तान बिराट कोहोलीले ३५ तथा रजत पतिदारले ३१ रन बनाए। हर्सल पटेलले ३१ रनको योग्दन गरे।

पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए। त्यस्तै, पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनायो।

पन्जाबको जितमा कप्तान केएल राहुलले अर्धशतकीय इनिङ्स खेले, उनले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाएर अविजित रहे। क्रिस गेलले ४६ रनको योगदान गरे। बैंगलोरका केली जेमिसनले २ विकेट लिए। 

यो हारसँगै बैंगलोरले र्शीषस्थानमा पुग्ने मौका गुमाएको छ। उसको ७ खेलमा १० अंक रहेको छ। पन्जाब ७ खेलमा ६ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-05-01 07:47:00

प्रतिकृया दिनुहोस्