सामाजिक सुरक्षा योजना लागू गर्न व्यावहारिक समाधान खोजौँः अध्यक्ष गोल्छा 

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै यसको व्यावहारिक समाधान जोज्नुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष गोल्छाले १३२ औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गंर्दै अध्यक्ष गोल्छाले भने, ‘किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ? यसको व्यवहारिक समाधान खोजिनुपर्छ।’
म सम्बन्ध सुधारको दिशातिर बढी रहेको भए पनि श्रम सम्बन्ध दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले भने, ‘श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्छ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा भने, ‘सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएको छ। अहिले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको छ।’

विषम परिस्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिँदै अध्यक्ष गोल्छाले भने, ‘विश्वभरि नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने संभावना छैन। यस्तो स्थितिमा जीउज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नुपर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौँ। संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने हो कि भन्ने त्राश बढ्न गएको छ।’

अध्यक्ष गोल्छाले भने, ‘हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि संचालन गर्न आग्रह गरेका छौँ। हाम्रासामू रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकतापूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन।’

‘हामी लगानी वृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौँ तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन? अहिले ७/८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भईरहेको छ? यसको कारण खोज्न जरूरी छ,’ अध्यक्ष गोल्छाले प्रश्न गरे, ‘धेरैजसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन्न, यसको कारण के हो ?’

महामारीबाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुझबुुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना समेत गरे।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडि आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए।

‘अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवि वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नु पर्छ’, उनले भने, ‘रोजगारदाता परिषद्का सभापति संघईले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाडै मुक्त हुने अपेक्षा गरेको छु। सबै श्रमिक दाजुभाई तथा दिदी बहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दछु।’

प्रकाशित मिति: : 2021-05-01 14:45:00

प्रतिकृया दिनुहोस्