देउवाद्वारा पूर्वसांसद पौडेलको निधनप्रति दुःख व्यक्त

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा असामयिक निधन भएको हो।

सभापति देउवाले शोक सन्देशमार्फत उनको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

पौडेल कांग्रेसका पूर्वमहासमिति सदस्य, पूर्वीय दर्शन र साहित्यका धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए। विसं २००१ मा जन्मिएका पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याउएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्दै सभापति देउवाले उनको निधनले कांग्रेस  र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताए।

यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक सन्देशमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन्।रासस

प्रकाशित मिति: : 2021-05-01 16:20:00

प्रतिकृया दिनुहोस्