खोप कूटनीति र नेपाल दृष्टि

महामारीलाई आफ्ना रणनीतिक स्वार्थपूर्तिको उपयुक्त समय ठानेर अघि बढाइने व्यवहार र सोच सर्वथा गलत हुनेछन् ।

गोरखापत्र

काठमाडौं

२०७८ वैशाख १४ मा चीन, नेपाल, अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान र श्रीलङ््काका विदेशमन्त्रीहरूबीच कोभिड महामारीविरुद्धको लडाइँको अनुभव साटासाट गर्दै नियन्त्रणको संयुक्त पहलमा भिडियो सम्मेलन भयो। त्यसमा मुख्य दुई मुद्दामा छलफल केन्द्रित भयो। पहिलो, कोभिड महामारीविरुद्ध अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोगको आवश्यकता र दोस्रो, महामारीपछिको अर्थतन्त्रको पुनस्र्थापना।

महामारी नियन्त्रण गर्न चीनले सहभागी सबै देशलाई आफ्फ्नो क्षमताले भ्याएसम्म निरन्तर औषधि आपूर्ति र थप प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनायो, जसको अरूराष्ट्रले प्रशंसा गरे।

विश्व महामारीको रूपमा आएको यो मुद्दालाई राजनीतिकरण गरेकोमा बैठकले विरोध जनाउँदै पारस्परिक सहयोग बढाउने सहमति ग¥यो। बैठकले कोभिडविरुद्ध लड्न खोप मुख्य हतियार भएको सन्दर्भमा ‘खोप राष्ट्रवाद’ ले महामारी परास्त गर्ने विश्व प्रयासमा अवरोध सिर्जना गर्ने भन्दै त्यसविरुद्ध लड्ने प्रतिरोधी क्षमतामा रहेको खाडल हटाउनेमा जोड दियो।

महामारीविरुद्ध खोप उत्पादन सबैको साझा मुद्दा बन्नुपर्नेमा खोपमा समेत राजनीति भयो भने देशलाई हेरेर तिनले उत्पादन गरेका खोपमाथि प्रश्न उठाउने कामसमेत भएको छ। चीनले सबै देशलाई उदारतापूर्वक खोप उपलब्ध गराउने र चाहेमा सहउत्पादनमा समेत लाग्न सक्नेमा सहमति जनायो। चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपलाई विश्वव्यापी रूपमा उपलब्ध हुने वस्तु बनाउनुपर्ने बताएकोमा त्यही सोच कार्यान्वयन गर्न चीन तयार रहेको विदेशमन्त्री वाङ यीले बताउनुभयो।

प्रकाशित मिति: : 2021-05-02 07:43:00

प्रतिकृया दिनुहोस्