रतुवामाईमा मकैबारीमा भेटियो महिलाको शव, बलात्कार पछि हत्या गरिएको आशंका 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ४ स्थित भद्र चोकमा एक महिलाको शव भेटिएको छ।

पहिचान नखुलेको अन्दाजी ३०/३५ बर्षको देखिने महिलाको शव मकैबारीभित्र भेटिएको इलाका प्रहरी कार्यलय सिजुवाले जनाएको छ।

अर्धनग्न अबस्थामा भेटिएको महिलाको शव बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ। अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

प्रकाशित मिति: : 2021-05-02 13:03:00

प्रतिकृया दिनुहोस्