पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण

फाइल तस्वीर
फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री ढकालले आफू र आफ्नी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

आइतबार गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्।

मन्त्री ढकालले सामाजिक संजालमा लेखेका छन्, 'आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ। यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ।'

प्रकाशित मिति: : 2021-05-02 17:21:00

प्रतिकृया दिनुहोस्