सांगीतिक यात्राबाट विश्राम लिएकाे गायक नितेश जङ कुवरको घोषणा (भिडियोसहित)

युवा पुस्ताको लोकप्रिय गायक नितेश जङ कुवरले केही दिनअघि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको बताए।

उनको त्यो अनेपक्षित स्टाटसले सामाजिक सञ्जाल तात्यो। लाखौं दर्शकहरुले कमेन्ट गर्न थाले। किन? भनेर। तर नितेशले सांगीतिक यात्रा निष्कर्षमा पुगेको भनेर बताउनुको कारण भने खुलाएनन।

त्यही विषयमा उनले एउटा भिडियो क्लिप बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। भिडियोमा उनले भनेका छन्, ‘एउटा ठाउँसम्म पुगेको र अब अझ धेरै केही गर्नु छ।’

उनले आफ्नो देशलाई विदेशमा पनि चिनाउनुपर्ने बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताएका छन्। त्यसका लागि आफू आफ्नो तरिकाले काम गर्न थालेको उनले उल्लेख गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-03 06:13:00

प्रतिकृया दिनुहोस्