बर्दीमै बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी खिउजुले पाए सफाइ

फाइल तस्वीर
फाइल तस्वीर

बलात्कारको अभियोग लागेका पूर्वडिएसपी राजकुमार खिउजुलाई जिल्ला अदालत ललितपुरले सफाइ दिएको छ।

प्रहरीको बर्दीमा भएकैबेला २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वडिएसपी खिउजुलाई वैशाख ९ गते न्यायाधीश देवकुमार गिरीको इजलासले सफाइ दिएको हो।

जागिर खान प्रहरी रिपोर्ट बनाउन गएका बेला चापागाउँ प्रहरी कार्यालयमा प्रमुख रहेका खिउजुले बलात्कार गरेको भन्दै ती युवतीले दिएको जाहेरीका आधारमा उनीविरूद्ध बलात्कारको मुद्दा लागेको थियो।

गत वर्षको माघमा जाहेरी परेको उनलाई फागुनमा प्रहरीले पक्राउ गरेको थियो।

युवतीले प्रहरी रिपोर्ट बनाउन पुगेको बेला आफूमाथि बलात्कार भएको बताएकी थिइन्। महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला कार्यकक्षमा नै खिउजुले बलात्कार गरेको उनको दाबी थियो।

त्यसबेला आफूले सबै कुराको भिडिओ खिचेको र कसैलाई भने सार्वजनिक गरिदिने धम्की दिए। त्यसपछि पनि ६ महिनासम्म खिउजुले धम्क्याउँदै बलात्कार गरेको बताएकी थिइन्।

प्रकाशित मिति: : 2021-05-03 18:36:00

प्रतिकृया दिनुहोस्