भ्याक्सिनले विदेशमा संक्रमण घटायो, नेपालमा खोपै छैन

प्रधानमन्त्री भन्छन्– छिटोभन्दा छिटो ल्याउन सरकार प्रयत्नशील छ

रातोपाटी

काठमाडाैं

विश्वमा कोरोनाभाइरसको औषधि बनिसकेको छैन । तर, रोकथामका लागि पर्याप्त डोज खोप लगाएमा संक्रमणको जोखिम कम हुने अमेरिका, बेलायत र इजरायलजस्ता देशहरुले गरेको भ्याक्सिनको प्रयोगबाट सावित भएको छ। जति धेरै नागरिकलाई खोप लगाइएको छ, त्यो देशमा संक्रमण दर त्यति नै ओरालो लागेको छ।

तर, विडम्बना ! नेपाल सरकारले चाहिँ खोपै आयात गर्न नसक्दा केही दिनको अन्तरमा यहाँको संक्रमण दर १३२ प्रतिशतले बृद्धि भएकाे छ।

खोपबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको सम्वोधनमा भने, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ।

चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’

प्रकाशित मिति: : 2021-05-03 20:29:00

प्रतिकृया दिनुहोस्