समाचार लेखेकै आधारमै सिरहामा एक पत्रकारकाे जागिर चट भएकाे छ।
सिरहाकाे लहानस्थित रेडियाे सरगमका पत्रकार विजय कुमार महताेकाे जागिर खाेसिएकाे हाे।
महताेले केही दिनअघि लहानकाे यातायात कार्यालयमा मिलाेमताेमा भ्रष्टचार हुँदै आएकाे भन्दै एक अनलाइन न्यूज पाेर्टलमा खुलासा गरेका थिए।
महताेले समाचारमा उल्लेख गरेका छन्- 'यातायात कार्यालयका प्रमुख मीन भटराई र कर्मचारी विजय दहालले सेटिगँमा उठ्तीपुठ्ती गर्दै आएका छन्।'
समाचार प्रकाशन भएपछि रेडियाे सरगमका फिराेज शेखले विज्ञप्तिनै जारी गरेर पत्रकार महताेलाई निष्कासन गरेकाे घाेषणा गरेका छन्।
सममचार लेखेकै आधारमा रेडियाेबाट आफूलाई निष्काषन गर्नु खेदजनक भन्दै मानहानी विरूद्द अदालत जाने पत्रकार महताेले बिएल नेपाली सेवालाई बताए।
लहानका सरकारी अड्डाहरूमा घुस लेनदेन खुल्ला सेक्रेट जस्तै हाे।