दार्जीलिङ क्षेत्रको कायाकल्पका लागि 'सबैको साथ, सबैको विकास' 

राजु बिष्ट

दार्जीलिङ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दार्जीलिङ क्षेत्रका लागि भाजपाको सोच एवम् परिकल्पनामाथि आस्था व्यक्त गर्नुभएको छ।

दार्जीलिङ्ग, तराई अनि डुवर्सका जनताले दिएको अथाह मायाका निम्ति म हार्दिक कृतज्ञता प्रकट गर्दछु।

यस अवसरमा हाम्रो गठबन्धन पार्टीका नेताहरू जीएनएलएफ मन घिसिङ्ग, सीपीआरएमका आर.बी. राई, गोरानिमोका दावा पाख्रिन, एबीजीएलका प्रताप खाती, सुमुमोका विकास राई तथा उहाँहरूका सबै कार्यकर्ता अनि हाम्रो क्षेत्रमा भाजपाको भारी विजय सुनिश्चित गर्न हामीसँग हातेमालो गर्ने अन्य सबै सङ्गठन तथा व्यक्तिहरूलाई धन्यवाद छ।

यस विजयमा विशेष भूमिका खेल्ने भाजपा दार्जीलिङ-कालेबुङ टीम अनि भाजपा सिलगढ़ी टीम, पार्टी अध्यक्ष डॅ. कल्याण देवान र प्रवीण अगरवाल, राज्य समिति टीम सदस्य मनोज देवानका साथै भाजपा जिल्ला नेतृत्व वर्ग, मोर्चा प्रमुखहरू भाजपाका हरेक कार्यकर्ताहरूलाई बधाई छ।

उत्तर बङ्गालमा भारतकै सबैभन्दा शान्तिपूर्ण, प्रगतिशील अनि समृद्ध क्षेत्र बन्ने अपार सम्भावना छ।

म आश्वस्त गर्दछु– हामीले जनतासँग चुनावअघि गरेका सबै वचनहरू पूरा गर्न इमानदारीपूर्वक काम गर्नेछौँ।  हामीलाई भोट दिएर विजयी बनाउनुभएको, विशेषगरी चिया बगान सिंकोना बगान, अनि वन-वस्तीका आमा-बुबा, दाजुभाई-दिदीबैनीहरूलाई आश्वस्त गर्दछु– भाजपाले उहाँहरूलाई कहिल्यै निराश गर्ने छैन।

हामीले हाम्रो क्षेत्रसामु रहेका समस्याहरूको समाधान एवं हाम्रो सङ्कल्पपत्रका वचनहरू पूरा गर्नका लागि केन्द्रीय सरकार साथै राज्य सरकारसँग घनिष्ठ समन्वय गरी काम गर्नेछौँ।

केन्द्रीय सरकारको सम्बद्धता आवश्यक भएका मुद्दाहरू, जस्तै– स्थायी राजनीतिक समाधान खोज्ने, छुटेका ११ गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिमा सामेल गर्ने, क्षेत्रमा एआईआईएमएस र एउटा केन्द्रीय विश्वविद्यालयको स्थापना गर्नेजस्ता हाम्रा वर्षौं पूराना मागहरू एक-एक गरी सम्पन्न गरिने छन्।

पर्जा पट्टा अधिकार अनि चिया बगानहरूमा न्यूनतम वेतन कानून कार्यान्वयन सुनिश्चित गर्ने काम जतिसक्दो चाँड़ो पश्चिम बङ्गाल अनि केन्द्रीय सरकारसँग मिलेर गर्नेछौँ। हाम्रो क्षेत्रको कायाकल्प गर्न एउटा ढाँचा तयार गर्न युवा, शिक्षाविद्, बुद्धिजीवी, सरकारी कर्मचारीहरु, व्यापारिक समुदाय, पर्यटन व्यवसायसित सम्बन्धित व्यक्तिहरू, स्वास्थ्यसेवाकर्मी, सामाजिक सङ्गठन, गैर-सरकारी सङ्गठन, चालक दल, स्थानीय प्रशासन तथा विशिष्ट व्यक्तिहरूसँग समन्वय कायम गरेर काम गर्नेछौँ।

'सबैको साथ, सबैको विकास'को परिकल्पनालाई अगाड़ि बढाउँदै, हामीले हाम्रा गठबन्धन साथीहरू अनि अन्य सबै राजनीतिक पार्टीहरू तथा उनीहरूका सदस्यहरूसँग मिलेर दार्जीलिङ्ग पहाड़, तराई अनि डुवर्सलाई तीव्र गतिमा विकसित गर्ने काम सुनिश्चित गर्नेछौँ।

दार्जीलिङ्ग पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताका प्राथमिकता एवं आकांक्षाहरू विशिष्ट प्रकारका छन् भनी पश्चिम बङ्गाल सरकारले बुझ्नु जरुरी छ। तसर्थ उसले यस दिशामा हाम्रो क्षेत्रका निर्वाचित विधायक एवं सांसदहरूसँग घनिष्ठताका साथ जोड़िएर काम गरोस् भनी म अनुरोध गर्दछु।

म आश्वस्त गर्दछु– यसका लागि हाम्रो पूर्ण सहयोग र समर्थन रहने छ। हाम्रो पार्टीको तर्फबाट, म सबै मतदाताहरूलाई उहाँहरूको समर्थननिम्ति हार्दिक धन्यवाद दिन्छु।आश्वस्त गर्दछु–न वनिर्वाचित विधायकहरूले हाम्रा साझा सपना र आकांक्षाहरूलाई वास्तविकतामा परिणत गर्न कुनै कसर बाँकी छोड़्नु हुनेछैन।

(बिष्ट भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता तथा दार्जीलिङ्ग क्षेत्रका लोकसभा सांसद हुन्।)



भारतीय संसदमा तेन्जिङ शेर्पालाई ‘भारत–रत्न’ प्रदान गर्न आवाज उठ्यो 

दार्जीलिङमा चिया श्रमिकको अधिकारमा बंगाल सरकार किन मौन?

प्रकाशित मिति: : 2021-05-04 21:33:00

प्रतिकृया दिनुहोस्