नयाँ बन्न लागेको चलचित्र ‘कन्डम परीक्षक’ बारे बलिउडमा यतिबेला खूब चर्चा छ।
चलचित्रमा राकुल प्रित सिंहले ‘कन्डम परीक्षक’काे भूमिका निभाउँदैछिन्।
चलचित्रको कथा पनि अन्यभन्दा अलि पृथक छ। फरक छ। एउटा कन्डम कम्पनीको विषयमा चलचित्र बन्ने निर्माण समूहले जनाएको छ।
तर चलचित्रमा राकुललाई लिइनुभन्दा पहिले अन्य अभिनेत्रीहरुलाई यो चलचित्रको लागि अफर गरिएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ।
निर्माण समूहले पहिले अभिनेतृ सारा अली खानलाई अफर गरेको थियो तर साराले चलचित्रमा निकै बोल्ड सिनहरु दिनुपर्ने भन्दै काम गर्न अस्वीकार गरेकी थिइन्।
त्यसपश्चात् निर्माण समूहले अभिनेत्री अनन्या पाण्डेलाई पनि अफर गरेको थियो। अनन्याले पनि चलचित्रमा निकै बोल्ड भूमिका निभाउनु पर्ने भएपछि पछि हटेकी थिइन्।
कन्डम किन्न आज पनि धेरै मानिसलाई लाज लाग्छ। त्यसैले अभिनेतृहरुले पनि यसबारे चलचित्रलाई अस्वीकार गरेको अनुमान गरिएको छ।
दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री राकुल प्रित सिंहले बलिउडमा प्रवेश गरेको धेरै लामो समय त भएको छैन। तर उनले छोटो समयमै राम्रो चर्चा पाइन्, बलिउडमा पनि।
उनै राकुल हालै नयाँ चलचित्र ‘कन्डम परिक्षक’मा अनुबन्धित भएकी छन्। चलचित्रमा उनी ‘कन्डम परिक्षक’ कै रुपमा देखिदैछिन्।