कोरोना भाइरस भारत: ‘कोभिडको नक्कली डाक्टर’को उदय

बिबिसी

काठमाडौं

भारतमा एक खोपविरोधी अभियन्ताले कोरोनाभाइरस महामारीप्रति चिकित्सा विज्ञानको दृष्टिकोण पूर्ण रूपमा गलत भएको दाबी गरेर चर्चा कमाएका छन्।

तर आलोचकहरूले विश्वरूप रोय चौधरीले कोभिड-१९ लाई आहारका माध्यमबाट मात्र निको पार्न सक्ने बताएर मानिसहरूको जीवनलाई खतरामा पारिरहेको बताउँछन्। एड मेन र रेहा कान्साराको रिपोर्ट:

विश्वरूप रोय चौधरी पछि हट्ने मान्छे होइनन्।

"मेरो विचारमा अधिकांश मृत्युहरू कोरोनाभाइरसका कारण होइनन् तर यसको उपचारका कारण हुन्," उनको वेबसाइटमा भएको एउटा भिडिओमा उनी भन्छन्।

उनी भारतका सोसल मिडिया स्टार अथवा पूर्व सोसल मिडिया स्टार हुन्। उनलाई हाल धेरै सामाजिक सञ्जालमा प्रतिबन्धित गरिएको छ।

चौधरी पारम्परिक औषधोपचार र चिकित्सकहरू ठूला व्यापारीहरूको गोजी भर्नका लागि डिजाइन गरिएको षड्यन्त्र हो भन्ने दाबी गर्छन्।

"औषधिले कुनै पनि रोग निको पार्न सहयोग गर्दैन," उनले बीबीसीसँग भने। "म मानिसलाई खोप आवश्यक पर्दैन भन्नेमा दृढ रूपमा विश्वस्त छु।"

प्रकाशित मिति: : 2021-05-05 07:55:00

प्रतिकृया दिनुहोस्