जनकपुर उपमहागरपालिका-२३ स्थित आँपको बगौंचामा रहेको प्लाष्टिकको बोराभित्र नगराईन नगरपालिका-६ लग्मा बस्ने ४५ वर्षीय ऐलुन राईनको मंगलबार शव फेला परेको छ।
उक्त बगैंचमा सेतो बोरा शंकास्पद अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले बोराभित्र शव फेला पारेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।