लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन जेठ १७ गते

File photo
File photo

निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ।

आयोगले बुधबार लुम्बिनीमा हुने उपनिर्वाचनको मिति घोषणा गरेको हो। 

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले पार्टी छाडेपछि उक्त स्थानमा उपनिर्वाचन हुन लागेकाे आयोगले बतायाे।

आयोगले जारी गरेको कार्यतालिकाअनुसार जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

निर्वाचन अधिकृतको कार्यालय लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा तोकिएको छ।

प्रकाशित मिति: : 2021-05-05 21:58:00

प्रतिकृया दिनुहोस्