अकाउन्ट सस्पेन्ड भएपछि 'ट्वीटर'लाई कंगनाकाे यस्तो जवाफ

बलिउडमा विवादसँगै चर्चा खेप्न सक्ने कोही छ भने, अभिनेत्री कंगना रनावत छिन्।

पश्चिम बंगालको चुनावी नतिजाबारे विवादास्पद टिप्पणी गरेपछि एक दिनअघि मात्र अभिनेत्री कंगना ट्वीटर अकाउन्ट सस्पेन्ड भयो। 

तर कंगनाले ट्वीटरलाई पनि भन्न केही छाडिनन्। उनले सस्पेन्ड भएको ट्वीटर अकाउन्टप्रति प्रतिक्रिया जनाउँदै भनेकी छन्, ‘ट्वीटरले मेरै विचारलाई प्रमाणित गरिदिएको छ कि ऊ विशुद्ध अमेरिकी हो।' 

उनले थपेकी छन्,  'म सँग चलचित्र लगायत थुप्रै प्लेटफर्म छन्। जसरी पनि जनतासमक्ष पुग्न सक्छु। तर यो प्रमाणित भएको छ कि गोरा व्यक्तिहरुले सधैँ गहुँगोरा व्यक्तिलाई आफ्नो दास बनाउनुलाई आफ्नो अधिकार सम्झन्छन्।' 



कंगनाको ट्विटर अकाउन्ट 'सस्पेन्ड'

सामाजिक सञ्जालमा उनको चर्चा हुनु कुनै नौलो कुरा भने होइन। 

विवादास्पद ट्विटको कारण उनको ट्विटर अकाउन्ट सस्पेन्ड भएको छ। लगातार विवादास्पद ट्विट गरेपछि उनको अकाउन्ट सस्पेन्ड भएको हो।

अचम्म त के छ भने, उनको अकाउन्ट सस्पेन्ड भएको कुरा पनि अहिले भाइरल छ।

प्रकाशित मिति: : 2021-05-06 06:00:00

प्रतिकृया दिनुहोस्