प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका २ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
यही वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा कोरोना पिसिआर परीक्षण गरिएको थियो।
सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबैको भने नेगेटिभ रिपोर्ट प्राप्त भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।