गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षीय करिश्मा गाहा रहेकी छन्। चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा मृत्यु भएको हो।
दजाकोटका उजिर गाहा र भिमश्री गाहाको घरमा बिहिबार राति चट्याङ परेको थियो । चट्याङले अन्य आठजना घाइते भएका छन्।
घाइते हुनेमा ६३ बर्षीया उजुर सिहं गाहा, ६२ बर्षीय तथिकला गाहा, ३७ बर्षीया तुल बहादुर गाहा, ३२ बर्षीय जुनी गाहा रहेका छन्
त्यसैगरी १४ बर्षीय मेलिना गाहा, आठ बर्षीया जोनित गाहा, ३३ बर्षीया चित्र बहादुर गाहा र २८ बर्षीय ज्योतिकला गाहा घाइते भएका छन्।
घाइतेहरुलाई थप उपचारको लागि पाल्पा पठाइएको छ। घाइते सबैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जानकारी दिएको छ।