प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका हुन्।
विभिन्न संवैधानिक आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाइएको एक सदस्यले जानकारी दिए।
कसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन्।
केही दिनअघि मात्रै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश गरेकी थिइन्। अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।