प्रधानमन्त्री ओलीको स्वाब सङ्कलन

Photo - RSS
Photo - RSS

प्रधानमन्त्री केपी शर्मा ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।

पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा  स्वाब सङ्कलन गरिएको हो।

उनीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ।रासस
 

प्रकाशित मिति: : 2021-05-07 17:44:00

प्रतिकृया दिनुहोस्