ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

यही वैशाख २७ गते राष्ट्रपति विद्यादेवी भन्डारीले आव्हान गरेकी विशेष अधिवेशनकाे लागि पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार सांसदलाई निर्देशन गर्नेलगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेकाे स्राेतले बताएकाे छ। 

बैठक दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएकाे छ।

वैशाख २७ गतेको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। 
 

प्रकाशित मिति: : 2021-05-08 10:04:00

प्रतिकृया दिनुहोस्