सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ।
शनिबार बसेका मन्त्रिपरिषद् बैठकले अन्य अस्पतालहरुको समन्वयमा वीरको नयाँ भवनलाई कोभिड–१९ केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार वीर अस्पताल नजिकै बनेको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने सम्बन्धी बनेको निर्देशिका मन्त्रिपरिषद्बाट पारित भएको हो।
यसअघि, सीसीएमसीको बैठकले वीर अस्पतालको उक्त भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि सिफारी गरेको थियो।