प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान यतिबेला कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा केन्द्रीत रहेको बताएका छन्।
प्रतिनिधिसभाको बिशेष अधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला हामी सबै कुरा थाती राखेर कोरोनाविरुद्ध सबै मिलेर लड्नु पर्ने बेला छ। यसकारण सबैलाई सरकारका प्रयासमा साथ दिन अनुरोध गर्छु।'
'कोरोनाको महामारीको अवस्थमा सबै जुट्नु पर्ने थियो त्यसरी जान नसकेकोमा दुःख लागेको हाम्रो ध्यान त्यस तर्फ हुन सकेन। सरकार यसमा ध्यान दिन खोजेपनि अनेक अफ्ठ्यारा सामना गर्नु प-यो।' उनले भने।