इन्धन पाइपलाइनमा साइबर हमलाका कारण आपत्काल घोषणा

बिबिसी

काठमाडौं

अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा र्‍यान्समवेअर साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ।

साइबर हमलाकारीहरूको समूहले शुक्रवार त्यस्तो हमला गरेपछि सेवा सुरु गराउने प्रयास जारी छ।

कहाँ भयो हमला?

कोलोनियल पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ।

इस्ट कोस्टको निम्ति डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सम्पूर्ण आपूर्तिको यो ४५ प्रतिशत हो।

शुक्रवार साइबर हमलाकारीहरूले यसलाई पूर्ण अवरुद्ध पारिदिएका थिए।

आपत्काल घोषणा गरिएपछि सडकमार्गबाट इन्धन ढुवानी गर्न सकिन्छ।

विज्ञहरूका अनुसार सोमवार इन्धनको मूल्य २-३ प्रतिशतले बढ्न सक्छ। तर यदि प्रभाव लामो समय रह्यो भने मूल्यमा असर पनि धेरै पर्ने ठानिएको छ।

प्रकाशित मिति: : 2021-05-10 14:49:00

प्रतिकृया दिनुहोस्