कोरोनाकाे कारण रुकुम पश्चिममा एक जनाकाे मृत्यु

बिएल संवाददाता

रुकुम-पश्चिम

कोरोना भाइरसको संक्रमणका कारण रुकुम पश्चिमका एक महिलाको ज्यान गएको छ।

सोमबार जिल्ला अस्पताल सल्लेमा मुसिकोट नगरपालिका वडा नम्बर ७ की ४० बर्षीया एक महिलाको ज्यान गएको अस्पताल स्राेतले जनाएकाे छ।

श्वासप्रश्वासमा गाह्रो हुनुकाे साथै ज्वरो आएपछि उनी गत शनिबार अस्पताल पुगेकी थिईन्। तर आज बिहान अकस्मात ज्वरो बढी भई बेहोस भएपछि ज्यान गएको स्वास्थ्य सेवा कार्यालय रुकुमका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

उनी एक हप्ता अघि भारतबाट फर्केकी थिईन्।

आजै जिल्लाको त्रिवेणी गाउँपालिकाका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा एक पुरुष र एक महिला रहेका छन् ।

प्रकाशित मिति: : 2021-05-12 18:40:00

प्रतिकृया दिनुहोस्