खिमलालले पाए कलम, बादललाई सूर्य, कृष्णलाई मादल !

कोरोनाबारे तयारी छैन, भुटनीदेवी माविमा मतदान हुने

रातोपाटी

काठमाडाैं

हेटौंडा। आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनको मतदान हेटौडाको भुटनीदेवी माविमा हुने भएको छ।

मतदातालाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने/नगर्नेबारे निर्वाचन कार्यालय अहिलेसम्म अन्योलमा छ। कोरोनाका कारण दलहरुले चुनावी प्रचार–प्रसार गरेका छैनन्।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय’ स्थापना गरेर निर्वाचनको गतिविधि अगाडि बढाइएको छ।

राष्ट्रियसभा सदस्यको बागमती प्रदेशतर्फको रिक्त एक पदका लागि गत बैशाख २४ गते तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जसपाको समर्थनमा डा. खिमलाल देवकोटा साझा उम्मेदवार बनेका छन्।

नेपाल मजदूर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2021-05-12 18:39:00

प्रतिकृया दिनुहोस्