नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेका छन्।
सपथ लगत्तै मुख्यमन्त्रीको निवासमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्दै उनले पदभार ग्रहण गरेका हुन्।
निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएको फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए।