नलगाडका सबै सेवा बन्द

नलगाड नगरपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै आजदेखि आफ्नो सेवा बन्द गरेको छ। 

यही वैशाख ३० गतेदेखि बन्द गरेको सेवा आगामी जेठ ३ गतेपछि मात्र सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए।

नगरपालिकाभित्रका सबै वडाबाट प्रवाह हुने सेवासमेत बन्द भएको छ। त्यस्तै वडा नं ११ का वडा सदस्यको मृत्युसमेत भइसकेको छ। दैनिक कोरोनाका कारण अवस्था चिन्ताजनक भएको भन्दै सेवा प्रवाह गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ। 

डिसीसीएमसी आर्थिक सङ्कटमा, काम गर्न मुस्किल

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र आर्थिक सङ्कट हुँदा काम गर्न मुस्किल भएको छ। जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेशन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसीे जनाएको छ। 

सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकाले डिसीसीएमसी बजेट नहँुँदा काम गर्न समस्या भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ। 

सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधन पुराना भएकाले छिटोछरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसीको भनाइ छ। रासस 

प्रकाशित मिति: : 2021-05-13 12:35:00

प्रतिकृया दिनुहोस्