पाँच स्थानीय तहमा परिचयपत्र विवरण सङ्कलन सम्पन्न

जिल्लाको पाँच स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सम्पन्न भएको छ। गत वैशाख पहिलो हप्तादेखि सङ्कलन शुरुआत भएको थियो।

फुङ्लिङ नगरपालिका, फक्ताङलुङ, आठराईत्रिवेणी, मैवाखोला र  मेरिङदेन गाउँपालिकामा २४ हजार २०४ ले  विवरण सङकलन भएको हो।

जिल्ला प्रशासन कार्यालयका अधिकृत सूर्यप्रसाद दाहालले कोरोनाका जोखिम वृद्धिभएपछि विवरण सङ्कलन रोकिएको जानकारी दिए।

पाथीभरायाङवरक,सिरिजंघा,मिक्वाखो र सिदिङवा गाउँपालिकामा  राष्ट्रिय परिचयपत्र विवरण सङकलन बाँकी रहेको उनले भने। रासस 

प्रकाशित मिति: : 2021-05-14 17:42:00

प्रतिकृया दिनुहोस्