इजरेल-प्यालेस्टाइन तनावः दशकौँदेखि किन द्वन्द्व

इजरेल र प्यालेस्टिनीहरूबीच युद्ध चर्कँदै जाँदा संयुक्त राष्ट्रसङ्घले ''पूर्ण युद्ध'' को चेतावनी दिएको छ।

पछिल्लो हिंसा जेरूसेलममा विगत एक महिना देखि बढ्दै गएको तनावको उपज हो। तर त्यहाँ दशकौँ अघि देखि द्वन्द्व जारी छ।

१०० वर्ष पुरानो मुद्दा

प्रथम विश्व युद्धमा मध्य पूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त स्थानमा अल्पसङ्ख्यक यहूदी र बहुसङ्ख्यक अरबीहरू बसोबास गर्थे।

यहूदीहरूका लागि प्यालेस्टाइनमा "न्याशनल होम" स्थापना गर्नका लागि ब्रिटेनलाई अन्तर्राष्ट्रिय समुदायले भनेसँगै त्यहाँका समुदायबीच तनाव बढ्न थाल्यो।

यहूदीहरूका लागि त्यो पुर्ख्यौली घर थियो। तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे।

सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहूदीहरूको सङ्ख्या बढ्यो।

दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहूदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले।

प्रकाशित मिति: : 2021-05-16 18:03:00

प्रतिकृया दिनुहोस्