प्यूठानको ऐरावती गाउँपालिका-१ बेलबोटमा आइतबार साँझ आगलागी हुँदा १४ वटा घरगोठ जलेर नष्ट भएका छन्।
आगलागीबाट ८ वटा घर र ६ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु,रामबहादुर घर्ती, मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट भएको हो।
स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किँदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षति भएको हो।
आगलागीबाट करिब ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय युवराज आचार्यले जानकारी दिए। गोठमा केटाकेटीले आगो बाल्दा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ।
आगोलागीको खबर पाएलगत्तै दाङबाङ प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
उनले घटनाबारे एकिन विवरण आइनसकेको पनि बताए। आगलागी पीडितहरुलाई जिल्ला बिपद व्यवस्थापन समितीबाट राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।
स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।